पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

चैत मसान्तसम्ममा भारतसँग नेपालको साढे छ खर्ब व्यापार घाटा

२०८१ वैशाख १८, मङ्गलवार ०६:२४ बजे

काठमाडौं- चैत मसान्तसम्म सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा नेपालले भारतसँग कुल ६ खर्ब ५१ अर्ब ५० करोड ३२ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

चालु आवको ९ महीनामा भारतबाट नेपालमा कुल ७ खर्ब २९ अर्ब ६५ करोड ८५ लाख रुपैयाँ मूल्यको मालवस्तु आयात भएको छ भने नेपालबाट ७७ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । यस आधारमा हेर्दा नेपालमा नेपालले निर्यात गर्ने वस्तुभन्दा १०.६७ गुणा बढी बढी वस्तु भारतबाट आयात हुने गरेको छ ।

यस्तै दोस्रो ठूलो ब्यापार घाटा रहेको चीनसँग २ खर्ब १४ अर्ब ६५ करोड ५० लाख रुपैयाँ ब्यापार घाटा छ । साउनदेखि चैतसम्ममा चीनबाट कुल २ खर्ब १६ अर्ब ७६ करोड ९५ लाख मूल्यको मालवस्तु आयात भएको छ भने नेपालबाट २ अर्ब ११ करोड ४४ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।

यसैगरी युनाइटेड अरब इमिरेट्ससँग १८ अर्ब ५२ करोड २७ लाख, युक्रेनसँग १४ अर्ब ९० करोड ८४ लाख, मलेसियासँग १४ अर्ब १६ करोड १० लाख, अष्ट्रेलिया ६ अर्ब ८६ करोड ३३ लाख, फ्रान्ससँग ८ अर्ब ९८ करोड ७९ लाख, इन्डोनेशियासँग ८ अर्ब ६४ करोड ४२ लाख, र अर्जेन्टिनासँग ८ अर्ब ६२ करोड ५२ लाख र दशौं ठूला ब्यापार घाटा रहेको देश थाइल्याण्डसँग ६ अर्ब ३१ करोड १४ लाख रुपैयाँ घाटा छ ।