पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

मधेशमा एमालेबाट अन्यतर्फ झा र महिलातर्फ थरुनीको उम्मेदवारी दर्ता

२०८० पौष २३, सोमवार १६:२५ बजे

जनकपुरधाम : मधेश प्रदेशमा नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यका लागि अन्यतर्फ कुमारी विजेता झा र महिलातर्फ उशादेवी थरुनीले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार जनकपुरधाम स्थित निर्वाचन आयोगको मधेश प्रदेश कार्यालयमा पुगेर दुवै जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि अन्यतर्फ अर्जुन सिंहको नाम रहे पनि उनको नाम मतदाता नामावलीमा नभेटिएपछि निर्वाचन कार्यालयबाट फर्केका थिए । उम्मेदवारी दर्ता गराएकी झा धनुषाकी हुन् भने थरुनी पर्साकी हुन् ।
यस निर्वाचनमा प्रदेशसभा सदस्य १ सय ७ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता २ सय ६७ जना रहेको प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका निमित्त प्रमुख नवीन चौधरीले बताए ।