पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

असई थमन विकको हत्यामा संग्लन प्रदेश सांसद शर्मा निलम्बित

२०८१ वैशाख २१, शुक्रवार २१:०८ बजे

जनकपुरधाम- शुक्रवार मधेश प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै जन्मकैदको सजाय पाएका लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेशका संसदीय दलका नेतासमेत रहेका सांसद अभिराम शर्मा निलम्बित भएको जानकारी दिएको छ ।

 

गत मंसिर २८ गते लोसपाका मधेस प्रदेश संसदीय दलका नेता शर्मासहित ७ जनालाई जिल्ला अदालत महोत्तरीले जन्म कैदको सजाय सुनाएको थियो।

सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संग्लन रहेको भन्दै अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको हो।

सो घटनामा प्रत्यक्ष संग्लन रहेको शर्मासहित प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, धर्मेन्द्र राय, शंकर शाही भनिने राम शंकर शाही र सुरेश पाण्डेलाई जन्म कैदको सजाय सुनाइएको हो।