पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

‘पुष्पा २’ को पहिलो गीत ‘पुष्पा पुष्पा’ लिरिकल भर्सन सार्वजनिक

२०८१ वैशाख २१, शुक्रवार २०:३४ बजे

एजेन्सी : अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ को पहिलो गीत सार्वजनिक भएको छ । यस गीतको नाम ‘पुष्पा पुष्पा’ हो ।
यो गीत ६ भाषामा रिलिज भएको छ । अहिले ‘पुष्पा पुष्पा’ गीतको लिरिकल भर्सन सार्वजनिक भएको छ, यसमा अल्लु अर्जुनको झलक देख्न सकिन्छ । यो गीतले इन्टरनेटमा हलचल मच्चाएको छ ।
गीत सार्वजनिक भएसँगै मनोरञ्जन क्षेत्रमा पुष्पाको प्रभाव थप बलियो भएको छ । ‘पुष्पाः द राइज’ को संगीतका लागि राष्ट्रिय अवार्ड जितेका संगीत निर्देशक देवी श्री प्रसादले फेरि एकपटक दमदार गीत बनाएका छन् ।
यो गीत तेलुगु, तमिल, हिन्दी, कन्नड, मलयालम र बंगाली भाषामा रिलिज भएको छ । देवी श्री प्रसादले चर्चित गायक नकाश अजिज, दीपक ब्लू, मिका सिंह, विजय प्रकाश, रञ्जित गोविन्द र तिमिर विश्वास जस्ता चर्चित गायकहरूलाई गीतको विभिन्न संस्करणहरू गाउनका लागि समावेश गरेका छन् । ‘पुष्पा २ः द रुल’ को संगीत टी–सिरिजले सार्वजनिक गरेको छ ।
‘पुष्पा २ः द रुल’ अगस्ट १५, २०२४ मा विश्वभरका थिएटरमा रिलिज हुँदैछ । यसलाई सुकुमारले निर्देशन गरेका हुन् भने मश्री मुभि मेकर्सले निर्माण गरेका हुन् । फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फाजिलको मुख्य भूमिका रहेको छ ।

गीत हेर्न तलको लिंकमा क्लिक गर्नुहोस