पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

२०८० फाल्गुण ३०, बुधवार ०७:३० बजे

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार विश्वासको मत लिँदैछन् । उनले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
पुरानो गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन् । उनले कांग्रेससँगको गठबन्धन तोडेर एमाले सहितको नयाँ समीकरण बनाएका छन् ।
समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । कांग्रेसले समर्थन फिर्ता लिएपछि उनले चैत २३ गते भित्र विश्वासको मत लिनुपर्ने थियो ।
विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डलाई कम्तीमा १३८ मत चाहिन्छ । अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीको समर्थन छ । सरकारमा सहभागी दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेका छन् ।