पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

दावा छिरिङको होटल भियनामा सीआईबीको छापा हुण्डी रकम सहित केहि व्यक्ति पक्राउ

२०८१ वैशाख २५, मङ्गलवार १३:१७ बजे

काठमाडौं- हुण्डी कारोबार भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङसमेतको लगानी रहेको होटल भियनामा छापा मारेको छ।

छापा मार्ने क्रममा हुण्डीको रकमसहित केही व्यक्तिलाई पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ।

यसअघि पनि उक्त होटलमा प्रहरी र राजश्व अनुसन्धान विभागको छुट्टाछुट्टै छापा मार्दै आएका थिए। सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहेका दावाकी श्रीमती अमला रोकाको नाममा उक्त होटल दर्ता रहेको छ।

अमला रोका माओवादी केन्द्र निकट रोल्पा-काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन्।

यसअघि रोकासहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै ६० किलो सुन तस्करी प्रकरणमा मुद्दा दर्ता गरिएको थियो।