पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

नेकपा माओवादीको केन्द्रीय समितिको बैठक बस्दै

२०८० माघ २८, आइतवार ०८:२९ बजे

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (आइतबार) बस्दै छ ।
केन्द्रीय समितिको बैठक आइतबार बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा बस्ने बताइएको छ । बैठकमा पार्टीले हालै सञ्चालन गरेको ‘जनतासँग माओवादी’ कार्यक्रमको समीक्षा हुने माओवादी प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिएका छन् ।
बैठकमा आगामी विधान सम्मेलनका विषयमा पनि छलफल हुने बताइएको छ । माओवादी केन्द्रको विधान सम्मेलन फागुन १ गतेदेखि सुरु हुँदैछ ।