पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’ आजबाट हलमा

२०८१ वैशाख २१, शुक्रवार ०८:१९ बजे

काठमाडौं : आज शुक्रवारबाट नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ । बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको चलचित्र आजबाट रिलिज भएको हो ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो । जसका कारण निर्माणपक्ष उत्साही छ ।
क्यूएफएक्सले अग्रिम बुकिङ खुला गर्दा देशभरका आफ्ना आउटलेटमा ‘मनसरा’लाई ६९ शो दिएको थियो । काठमाडौंमा २८ र मोफसलमा ४१ शो प्रदान गरेको थियो ।
सोसल ड्रामा सिनेमामा प्रविण खतिवडा, दयाहाङ राई, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् ।