पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

सभामुखले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन

२०८१ वैशाख २५, मङ्गलवार १५:०५ बजे

काठमाडौं- सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको सर्वदलीय बैठक निष्कर्षविहीन टुङ्गिएको छ।

सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकमा नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेको छ ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा आफूहरूले पुरानै अडान राखेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले उपप्रधान तथा गृहमन्त्री एउटा व्यक्ति मात्रै नभएकाले अरूको छानबिन गर्ने उनको छानबिन नगर्ने भन्ने कुरा नहुने बताए ।

यससँगै आगामी सदन चल्ने नचल्ने भन्ने कुरा सरकारको भूमिकामा निर्भर रहेन प्रमुख सचेतक लेखकले बताए ।