पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

गठबन्धनभित्र मन्त्रालय बाँडफाँटको प्रारम्भिक सहमति

२०८० फाल्गुण २३, बुधवार १३:२५ बजे

काठमाडौं : नयाँ गठबन्धनका मुख्य चार दलहरुबीच मन्त्रालय बाँडफाँटको प्रारम्भिक सहमति भएको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदलको बैठकमा मन्त्रालय बाँडफाँटसम्बन्धी प्रारम्भिक सहमति भएको एक शीर्ष नेताले जानकारी दिए ।
सहमतिअनुसार एमालेले ८, माओवादी केन्द्रले ५, रास्वपाले ४ र जसपाले २ मन्त्रालय पाउने भएका छन् । बाँकी चार मन्त्रालय भने बाँडफाँट गरिएको छैन । अन्य दललाई समेत समेट्ने प्रयास भइरहेकोले चार मन्त्रालयमा भागबन्डा नभएको ती नेताको भनाई छ ।
सहमतिअनुसार रास्वपाका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने भएका छन् । गृहमा माओवादी र रास्वपाले दाबी गरिरहेका थिए ।
साथै, बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली बाग्लुङ्ग महायज्ञ दर्शन गरेर फर्केपछि बुधबार साँझ मन्त्रीपरिषद् विस्तार गर्ने सहमति पनि जुटेको छ ।