पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

मिनबहादुर बुढामगर (भेलु बाजे ) को निधन

२०८१ वैशाख २१, शुक्रवार ०८:३५ बजे

काठमाडौँ : भेलुबाजे भनेर चिनिने मिनबहादुर बुढामगरको मृत्यु भएको छ । बुढामगरको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला अस्पताल बिजुवार प्युठानमा उनको मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले बताइन् ।
सामाजिक सञ्जाल युट्युब र टिकटकमा फरक शैलीका कारण उनी रुचाइएका व्यक्ति थिए । प्युठान नगरपालिका वडा नम्बर ५ जुम्रीकाँडा घर भएका भेलु बाजेले एक वर्ष अगाडि पत्नी गुमाएका थिए ।