पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

आईतबार सुर्यदेवको पुजा गर्नुहुन्छ ? जानि राख्नुस मन्त्र !!!

२०८० चैत्र १८, आइतवार ०६:५९ बजे

फाईल तस्विर

काठमाण्डौ : आज आइतबार । यो दिन सूर्य देवतासँग सम्बन्धित छ । ज्योतिषमा सूर्यलाई आत्मा कारक ग्रह मानिन्छ । सूर्यलाई कतै संसारको सृष्टिकर्ता पनि मानिन्छ । ऋग्वेदका देवताहरूमा सूर्यको महत्त्वपूर्ण स्थान छ । सूर्योपनिषदमा सम्पूर्ण ब्रह्माण्डको उत्पत्तिको एकमात्र कारण सूर्यलाई देखाइएको छ । आइतबारको दिन सूर्यदेवको पूजा गरेमा सबै मनोकामना पूरा हुने जनविश्वास रहेको छ । विधिपूर्वक सूर्यदेवको पूजा गर्नाले व्यक्तिमा सर्वत्र ईश्वरको कृपा कायम रहन्छ भन्ने विश्वास छ ।
आरइतबारको दिन मन्त्र जप गरेमा सूर्य देव प्रसन्न हुन्छन् भन्ने विश्वास छ । सूर्यदेवको पूजा गर्दा आरती र चालिसाको पाठ गर्ने साथै आदित्य हृदय स्तोत्रको पाठ पनि गर्ने प्रचलन छ । प्रत्येक आइतबार सूर्य देवताको पूजा गरी सूर्य मन्त्रको १०८ पटक जप गर्नुपर्छ । यसबाट मानिसको सबै मनोकामना पूरा हुन्छ भन्ने विश्वास छ ।
सूर्यदेवको केहि मन्त्रहरू
१) ॐ घृणिं सूर्य्यः आदित्यः
२) ॐ आदित्याय नमः
३) ॐ भास्कराय नमः

४) ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणराय मनोवांछित फलम् देहि देहि स्वाहा ।।
५) ॐ ऐहि सूर्य सहस्त्रांशों तेजो राशे जगत्पते, अनुकंपयेमां भक्त्या, गृहाणार्घय दिवाकरः।
६) ॐ ह्रीं घृणिः सूर्य आदित्यः क्लीं ॐ ।
७) ॐ ह्रीं ह्रीं सूर्याय नमः ।
८) ॐ सूर्याय नमः ।
९) ॐ घृणि सूर्याय नमः ।
सुर्य नमस्कार मन्त्र
ॐ सूर्याय नमः ।
ॐ भास्कराय नमः।
ॐ रवये नमः
ॐ मित्राय नमः ।
ॐ भानवे नमः
ॐ खगय नमः ।
ॐ पुष्णे नमः ।
ॐ मारिचाये नमः ।
ॐ आदित्याय नमः ।
ॐ सावित्रे नमः ।
ॐ आर्काय नमः ।
ॐ हिरण्यगर्भाय नमः ।
(लेखक ज्योतिष जनक खड्का वैदिक ज्योतिषका विज्ञ मानिन्छन् । विगत १६ वर्षदेखि ज्योतिषको अनुभवी रहेका उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन् । )