पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

सुनको मूल्यमा एकैदिन २ हजार ७०० रुपैयाँले गिरावट

२०८१ वैशाख १९, बुधवार १४:०८ बजे

काठमाडौं- बुधवार सुनको भाउ २ हजार ७०० रुपैयाँले घटेको छ ।

मंगलवार स्थिर रहेको सुन बुधबार २७ सय रुपैयाँले घटेको हो।

एकैदिन २७ सय रुपैयाँले घटेसँगै बुधबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार ५०० रुपैयाँमा कायम भएको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार २८४ दशमलव ३२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २६ डलर ३९ पैसामा कारोबार भइरहेको छ।