पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

देशभरी आंशिक बदली,केही भू–भागमा मौसम सफा

२०८० पौष ९, सोमवार ०९:४३ बजे

काठमाडौं : देशका अधिकांश भू–भागमा आज मौसम आंशिक बदलीदेखि सफा रहनेछ । आज बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती, र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको विभागले जनाएको छ ।