पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

प्रधानमन्त्री प्रचण्डले हटाए सचिवालयका १३ कर्मचारी

२०८० माघ ३, बुधवार ०९:१३ बजे

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयबाट १३ जनालाई हटाइएको छ । प्रधानमन्त्री प्रचण्डको निर्देशनअनुसार सचिवालयका १३ जनालाई हटाइएको हो ।
माघ १ गतेदेखि लागु हुनेगरी उनीहरुरूलाई हटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हटाइनेमा स्वकीय सहसचिवदेखि सवारी चालकसम्म छन् ।
उनीहरूलाई हटाउनुको कारण सचिवालयले स्पष्ट पारेको छैन । तर आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयलाई पनि सानो तर चुस्त पार्ने बताएका थिए ।