पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

आज बि.स.२०८० साल,माघ ०७ गते आइतवारको राशिफल

२०८० माघ ७, आइतवार ०८:२९ बजे

बि.स.२०८० साल,माघ ७ गते आइतवार, २१ जनवरी २०२४ । पौष शुक्लपक्ष एकादशी । रोहिणी नक्षत्र । चन्द्रराशि वृष ।
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।
वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।
मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश चिताएको काममा केही बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । आंशिक फाइदा भए काममा अनुमानभन्दा बढी समय लाग्नेछ । सरसापटमा रकम बाहिरिन सक्छ । उधारो व्यापारले फाइदाको रकम अड्किन सक्छ । किनमेलमा पनि अधिक खर्च हुने समय छ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ । तर आजको लाभांश सञ्चय नहुन सक्छ । केही फाइदा लिन अर्को वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । सरसापटमा धन बाहिरिन सक्छ । आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुट्नेछ ।
सिंह –LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन् । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ ।
कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ । रोकिएका काम सम्पादन हुनेछन् । विशेष जिम्मेवारी प्राप्त हुनेछ । सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ । भेटघाटले काम गर्ने अवसर दिलाउनेछ । समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ । अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ । आलस्य गर्ने बानीले कार्य सम्पादनमा केही विलम्ब हुन सक्छ ।
तुला –LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ । शुभचिन्तकहरू टाढिनेछन् भने काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आफ्नो वस्तुमा समेत अरूले दाबी गर्नेछन् । धेरै श्रम परे पनि लाभांश थोरै मिल्नेछ । काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ ।
वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । काममा साथीभाइको सहयोगले उत्साह मिल्नेछ । निम्तो मान्ने क्रममा आतिथ्य भने खर्चिलो बन्ने देखिन्छ ।
धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।
मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काममा केही विलम्ब भए पनि सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले पनि काममा जोसजाँगर बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।
कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ । साथीभाइसँग असमझदारी बढ्नेछ भने शुभचिन्तकहरू समेत टाढिन सक्छन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् । मिहिनेतको प्रतिफल हातपार्न समयमै सावधानी अपनाउनुपर्ला ।
मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ काम थालनी हुनुका साथै मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । व्यवसायमा मनग्गे धनलाभ हुनेछ भने लगानीले दिगो फाइदा दिलाउनेछ । मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ ।