पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

बाबा रामदेवको १४ वटा उत्पादनहरुको उत्पादन अनुमति पत्र निलम्बनमा

२०८१ वैशाख १८, मङ्गलवार ०७:१९ बजे

नयाँ दिल्ली- भारतको उत्तराखण्ड राज्यमा परम्परागत औषधिहरूको औषधि नियामक निकायले योगगुरु रामदेवका कम्पनीहरूको १४ वटा उत्पादनहरुको उत्पादन अनुमति निलम्बन गरेको थियो। 

लाइसेन्स निलम्बन गरिएका १४ उत्पादनहरूको सूचीमा रामदेवको दम, ब्रोन्काइटिस र मधुमेहका परम्परागत औषधिहरू समावेश छन्।

यसअघि भारतको सर्वोच्च अदालतले हालैका हप्ताहरूमा रामदेवलाई उनका केही परम्परागत आयुर्वेदिक औषधिहरूको भ्रामक विज्ञापनहरू रोक्नको लागि जारी मुद्दामा आफ्ना निर्देशनहरूको पालना नगरेकोमा बारम्बार आलोचना गरेको थियो।

ति १४ उत्पादनहरुको उत्पादन अनुमतिहरू तत्काल निलम्बित भएको कुरा राज्यका मिथिलेश कुमार नियामकले आफ्नो आदेशमा उल्लेख गरेका छन्।

यसैबिच भारतीय मेडिकल एसोसिएशनले बाबा रामदेवको पतञ्जलीले परम्परागत औषधिहरूलाई बेवास्ता गरेको र भ्रामक विज्ञापनहरू प्रकाशित गर्न जारी राखेको आरोप लगाएको छ।

यद्यपि रामदेवले उनको यो कार्यलाई एक गल्ती थियो भनेका छन् । यसअघि उनको कम्पनीले जनतासँग माफी माग्दै पत्रिका विज्ञापनहरू निकालेको थियो। हालैका हप्ताहरूमा उनले अदालतमा न्यायाधीशहरूसमक्ष माफी मागेतापनि न्यायाधीशहरूले अहिलेसम्म उनको माफी स्वीकार गरेका छैनन्।

न्यायाधीशहरू भने रामदेव विरुद्ध अवहेलनाको आरोप लगाउने या नलगाउने भनि विचार गरिरहेकाछन्।