पाठशाला न्यूज
 २०८१ जेष्ठ २०, आइतवार    

माननीय तिमिल्सिनाले गरे कालोपत्रे सडक निर्माणको शिलान्यास

२०७९ पौष ११, सोमवार १८:०३ बजे

दिपु मिश्र
चन्द्रनिगाहपुर – रौतहटको चन्द्रनिगापुर–गौर सडक खण्डको बिर्ता चोकदेखि भुसाहा सम्मको कालोपत्रे सडक निर्माणको लागि शिलान्यास गरिएको छ ।
सोमबार नवनिर्बाचित प्रतिनिधि सभा सदस्य एवं बिकास प्रेमी नेता माननीय देव प्रसाद तिमिल्सिनाले बिर्ता चोक देखि भुसाहा सम्मको कालोपत्रे सडक निर्माणको लागि शिलान्यास गरेका हुन । रणनीति सडक अन्तर्गत माननीय तिमिल्सिनाको संसद कोषको ५ करोडको रकमबाट बिर्ता चोक देखि भुसाहा सम्मको २.५ किलोमिटर कालोपत्र सडक निर्माण हुन लागेको नेपाली कांग्रेसका चन्द्रपुर नगर सभापति मुकेश गिरिले पाठशाला न्युजलाई जानकारी दिएका छन् ।