पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज

२०८१ वैशाख २४, सोमवार १०:१३ बजे

काठमाडौं- नेपालले आज इङल्याण्डको सी  टिमविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै छ । एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि हुने छ ।

राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले यस खेलका लागि २३ सदस्यीय टोली लिएर इङल्याण्ड पुगेका छन् ।

नेपाली टिम: 

गोलकिपरः किरणकुमार लिम्बु, अभिषेक बराल र विशाल सुनार ।

डिफेन्डरः छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द।

मिडफिल्डरः फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी र लकेन लिम्बु ।

फरवार्डः दिनेश हेन्जन, अन्जन विष्ट, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट ।