पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

लखनउमाथि कोलकोता ९८ रनले विजयी

२०८१ वैशाख २४, सोमवार ०७:१५ बजे

काठमाडौं- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा कोलकोताले लखनउलाई ९८ रनले पराजित गरेको हो ।

कोलकोताले दिएको २३६ रनको लक्ष्य पछाएको लखनउ १६.१ ओभरमा अल आउट हुदै १३७ रन मात्र बनाएको थियो।

यसअघि कोलकोताले २० ओभरमा ६ विकेट गुमाउदै २३५ रन बनाएको थियो ।

यो जितपछि कोलकोता शिर्ष स्थानमा उक्लिएको छ । कोलकोताको ११ खेलमा १६ अंक भएको छ । त्यस्तै लखनउको भने यो पाँचौं हार हो । ११ खेलमा १२ अंक रहेको लखनउ अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।