पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

आसिफ अली जर्दारीले लिए पाकिस्तानको १४औँ राष्ट्रपतिको शपथ

२०८० फाल्गुण २८, सोमवार १०:४३ बजे

काठमाडौं : आसिफ अली जर्दारीले पाकिस्तानको १४औँ राष्ट्रपतिको रुपमा शपथग्रहण गरेका छन् ।
राष्ट्रपति भवनमा आयोजित एक समारोहमा उनलाई प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज सरिफ, सशस्त्र सेनाका प्रमुख, राजनीतिज्ञ र विदेशी विशिष्ट व्यक्तिको उपस्थितिमा आयोजित समारोहमा नवनिर्वाचित राष्ट्रपतिलाई शपथग्रहण गराए ।
शनिवार पाकिस्तान पिपुल्स पार्टी संसदीय दलका सह–अध्यक्ष जरदारीले संसद र चार प्रान्तीय सभालगायत सबै इलेक्टोरल कलेजबाट १८१ मतको विरुद्धमा ४११ मत ल्याएर विजयी भएका थिए ।
सत्तारुढ गठबन्धनका उम्मेदवार जरदारीले सिनेट र नेशनल एसेम्बलीलगायत संसदका दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरे ।
पूर्वी पञ्जाव प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट आठ र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत प्राप्त गरे । दक्षिणी सिन्ध प्रान्तबाट उनले ५८ मत प्राप्त गरेका थिए ।