काठमाडौं- असोज १० देखि १२ गतेसम्म अविरलरूपमा परेको पानीसँगै खोलानालामा आएको बाढीले मधेस प्रदेशका आठ जिल्लामा ४२ हजार ६९ हेक्टर क्षेत्रमा धानबाली डुबानमा परेको छ।
मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरका प्रमुख जितेन्द्र यादवका अनुसार प्रदेशका आठ जिल्लामा ४२ हजार ६९ हेक्टर क्षेत्रमा धानबाली डुबानमा परेको हो ।
सोमध्ये बारामा मात्र कुल छ हजार चार सय ७२ हेक्टर डुबानमा पर्दा ७७ करोड ६६ लाख ४० हजार बराबर क्षति भएको अनुमान गरिएको यादवले बताएका छन् । यस हिसाबले कुल मधेस प्रदेशमा साढे पाँच अर्ब भन्दा माथिको क्षति हुन सक्ने देखिएको छ।
हाल निर्देशनालयले मधेसका आठ वटै जिल्लामा थप क्षतिको वास्तविक अवस्थाको लगत सङ्कलन गरिरहेको छ ।