पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

२०८१ आषाढ ३०, आइतवार ०७:३३ बजे

एजेन्सी- अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कान नेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए ।

पेन्सिलभेनियामा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्डबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो ।

राष्ट्रपति जो बाइडेनले घटनाको निन्दा गरेका छन् ।

ट्रम्प माथि गोली प्रहार गर्ने संदिग्ध व्यक्तिलाई गोली हानी मारिएको थियो । संदिग्ध व्यक्तिको आक्रमणका क्रममा एक सर्वसाधारणको गोलि लागि मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको समेत अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।