पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

बि.स.२०८० साल,मंसिर २९ गते शुक्रवारको राशिफल

२०८० मंसिर २९, शुक्रवार ०८:५४ बजे

बि.स.२०८० साल,मंसिर २९ गते शुक्रवार, १५ डिसेम्बर २०२३ । मार्ग शुक्लपक्ष तृतीया तिथि। पूर्वाषाढा नक्षत्र, १०ः४५ बजेपछि उत्तराषाढा । चन्द्रराशि धनु, १६ः२८ बजेपछि मकर ।
मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । साँझदेखि स्थितिमा सुधार आउनेछ । मेहनतीहरूलाई कार्यसिद्धिको समय छ । कर्मयोगले नाम, दाम र इनाम दिलाउनेछ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । साँझतिर केही उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । दोहोर्याएर प्रयत्न गर्दा काम सम्पादन हुनेछ । पछि लाभ हुने काम गर्न सकिनेछ ।
मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । साँझतिर स्वास्थ्य कमजोर रहनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम भने दोहोर्याउनुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

शत्रुहरू स्वतः किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ । साँझतिर रमाइलो पारिवारिक भेटघाट पनि हुनेछ ।
सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुरुमा कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ । आयस्रोत पनि बढ्नेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । मिहिनेतले प्रतिष्ठित काम गर्ने मौका दिलाउन सक्छ ।
कन्या –VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । मान्यजनको सहयोगले तत्कालको अन्योल भने टर्न सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । साँझतिर स्थितिमा सुधार आउनेछ । पेसा व्यवसायमा लाभ उठाउन सकिनेछ ।
तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले विभिन्न अवसर दिलाउनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । उद्योग तथा दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा राम्रै फाइदा हुनेछ । साँझतिर पारिवारिक असमझदारी बढ्नाले चिताएको काम रोकिन सक्छ । अरूको विश्वास गर्दा धोका हुन सक्छ ।
वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । साँझतिर कर्मयोगले नयाँ मोड लिनेछ । मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा पनि सम्झौता गर्ने समय छ ।
धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
रमाइलो दिन छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग छ ।
मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ । साँझतिर स्थितिमा सुधार आउनेछ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । साँझतिर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ । सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ । टाढाको यात्रा सम्भावित देखिन्छ ।
मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । साँझतिर आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ ।

(राशिफलले जे–जस्तो भनेपनि तपाईहरुको दिन शुभ रहोस् )