जलेश्वर सर्राफ
वीरगंज- वीरगंज महानगरपालिका वडा न:-१६ स्थित नगवा सडक खण्डमा दुर्घटना हुँदा उपचारको क्रममा वीरगंज महानगरपालिकाको आई.टी. शाखामा कार्यरत कर्मचारी फ्याजूल हकको वीरगंजको न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
मिति २०८१/०४/३१ गते बिहिवारको मध्यरात करिब १२:१५ उक्त दुर्घटना भएको हो।
वीरगंज महानगरपालिका वडा न:-१० मा बस्ने कृष्ण साह सोनारको छोरी प्रीया सरार्फ र घन्टाघरमा दाँतको क्लिनिक सञ्चालन गर्ने मधुसूदन सरार्फको छोरा राहुलराज सरार्फले चलाएको भारतिय नम्बरको ( बि.आर २२ बि.सि ०४९२ कारबाट दुर्घटना हुँदा वीरगंज महानगरपालिकाको आई.टी. शाखामा कार्यरत कर्मचारी फ्याजूल हकको वीरगंजको न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दोषीलाई कारबाहीको माग गर्दै हाल मृतकको आफन्तहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गरि नारा जुलुस लगाएका छ्न्। दुर्घटना भए लगतै वडा प्रहरी कार्यालय विर्ताका प्रहरी टोलीले घटना स्थलमा पुगी उनिहरुलाई नियन्त्रणमा लिएका थिए।
नियन्त्रण पश्चात् उनिहरुलाई वडा प्रहरी कार्यालय विर्ताको नियन्त्रणमा राखिएको थियो। चालक राहुलराज सरार्फको चालक अनुमतिपत्र समेत नरहेको र निज भारतिय नागरिक समेत रहेको बुझिएको छ।
यस लगत्तै शनिवारको दिन उनिहरुलाई आफन्तको जिम्मा लगाई वडा प्रहरी कार्यालय विर्ताले थुना मुक्त गरेको थियो।
तर घाइते फ्याजुल हकको मृत्यु पछि प्रहरीले उनिहरुलाई लगत्तै खोजतलास गरी नियन्त्रणमा लिएर चालक तथा गाडी जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक भारतीले पाठशाला न्युजका प्रतिनिधिलाई जानकारी दिएका छन्।
मृतकको शवलाई पोस्टमार्टमको गर्न नारायणी अस्पताल पठाईएको छ। यद्यपि मृतकका आफन्तहरुले नारायणी अस्पताल अगाडी कडा भन्दा कडा कारबाहीको माग गर्दै टायर बाली विरोध प्रदर्शन गरेका छन्।