पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

मोहना नदीमा अलपत्र परेकाहरुको सकुशल उद्धार

२०८१ श्रावण ७, सोमवार १३:५१ बजे

कैलाली- मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ का वासिन्दाहरु नदि पार गरी घाँस काट्न गएकोमा  सो नदिमा एक्कासी पानीको बहाव बढेपछि अलपत्र परेका थिए । उनीहरुको सशस्त्रको बिओपी फुलवारीले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।