पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

समता घरेलु लघुवित्तलाई एफपीओ विक्री गर्न बोर्डको अनुमति

२०८१ कार्तिक १, बिहीवार ०१:२० बजे

काठमाडौं- समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

बोर्डले कम्पनीलाई असोज २९ गते ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयॅा बराबरको ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ विक्री गर्न अनुमति दिएको हो ।कम्पनीले प्रतिशेयर १०० रुपैयॅा अंकित मुल्यमा एफपीओ विक्री गर्न लागेको हो ।

एफपीओ विक्री प्रबन्धकमा मुक्त्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।