काठमाडौं- नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर ३२ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर के गर्न खोजेको हो ? भन्दै प्रश्न गरेका छन् ।
उक्त कार्यक्रममा कोइरालाले अध्यादेश र अन्य कतिपय मुद्दामा सरकारको आलोचना गरेका छन् । कांग्रेस सरकारमै भए पनि कोइरालाले बेलाबेलामा सचेत गराइराख्नुपर्ने बताए ।
'अहिले दल विभाजनजसम्बन्धी अध्यादेश ल्याउने प्रयास भइरहेको छ । अहिले किन चाहियो ? राम्ररी काम गरेर अघि बढ्नु नि । भर्खर सय दिन भएको छ । दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर के गर्नु खोज्नुभएको छ ?,' कोइरालाको प्रश्न छ ।
उनले संसद् चालू रहेको बेला छलफल गरेको भए उचित हुने समेत बताए ।