पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

कनिष्ठलाई मुख्यसचिव बनाएपछि सचिव ज्ञवालीको राजीनामा

२०८१ भाद्र १४, शुक्रवार १५:५० बजे

काठमाडौं- राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् ।

आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाईएपछि असन्तुष्ट रहेका ज्ञवालीकले पदबाट राजीनामा दिएका हुन् । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।

सरकारले सो निर्णय गरे लगत्तै वरिष्ठतामा एक नम्बरमा रहेका सचिव ज्ञवालीले राजीनामा दिएका थिए ।