पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

बाढीले श्रीलंकामा २२ हजार बढी विस्थापित

२०८१ आश्विन २७, आइतवार १०:२४ बजे

कोलम्बो- श्रीलङ्का विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार बाढी, तिब्र हावा, रूखहरू ढल्दा हालै २२ हजार भन्दा बढी श्रीलङ्कालीहरू विस्थापित भएका छन् ।

डीएमसीले शनिवार सार्वजनिक गरेको प्रतिवेदनमा अक्टोबर सातदेखि शनिवार बिहानसम्म दक्षिण एसियाली मुलुकका पाँच हजार ३४८ परिवारका २२ हजार ६४ जना विस्थापित भएको बताइएको छ ।

यसैबीच श्रीलङ्कामा पानीले भरिएको धानबारीमा डुबेर एक जनाको मृत्यु भएको र एक सय २० घरमा क्षति पुगेको डीएमसीले जनाएको छ । (सिन्ह्वा)