रौतहट- गौर नगरपालिका वडा नं–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव बुधबार बिहान धानको खेतमा फेला परे पछि रौतहट प्रहरीले सो बिषयमा अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार महतोको शव घरदेखि करिब २ सय मिटर पूर्व धानको खेतमा फालिएका अवस्थामा फेला परेको र प्रारम्भिक अनुसन्धानमा धारिलो हतियारको प्रहारबाट महतोको हत्या भएको खुल्न आएको जानकारी दिएका छन्।
मंगलबार राति भएको वृद्ध महतोको हत्याको विषयमा प्रहरीले बिस्तृत अनुसन्धान सुरु गरेतापनि हालसम्म हत्याको कारण खुल्न नसकेको अधिकारीहरुले जनाएका छन् ।