पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

रहेनन् गायक प्रकाश तिमल्सिना

२०८१ श्रावण २७, आइतवार ०७:३३ बजे

काठमाडौं- पारिवारिक स्रोतका अनुसार गायक प्रकाश तिमिल्सिनाको शनिवार साँझ निधन भएको छ ।

उनी भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए। त्यसपछि तत्काल पाटन अस्पताल पुर्याइएको उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

तिमिल्सीनाको शवलाई आइतवार बिहान ८ बजे संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिए । तिमिल्सिनाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने जनाएको छ । तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’मार्फत संगीत क्षेत्रमा उदाएका थिए।

२०४५ सालको भूकम्पपछि आएको बाढीका कारण उनले दुवै आँखाको ज्योती गुमाएका थिए । उनी सप्तकोशीमा आएको बाढीले सुनसरीको आफ्नो घरसँगै बुवाआमासमेत गुमाएका प्रकाशलेलाई माछा मार्ने क्रममा माझीले उद्दार गरेका थिए ।

भारतको कोलकातामा सम्पन्न साउथ एशियन स्टारमा सहभागी भएपछि गायक तिमिल्सिना चर्चामा आएका हुन् । कोलकाताको उक्त प्रतियोगितामा तिमिल्सिनाले बेस्ट ईङ्लिश प्रोनाउन्सेसनको अवार्ड पनि जितेका थिए । भैँसेपाटीमा बस्दै आएका तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीत चर्चित छन् ।