काठमाडौं- भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईस्थित एक अस्पतालमा सोमबार भर्ना गरिएको थियो। उपचारको क्रममा उनको निधन भएको हो।