पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिदै

२०८१ मंसिर ६, बिहीवार ०७:२४ बजे

काठमाडौं- नेपाली सेनाका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट आज शीतल निवासमा आयोजित कार्यक्रममा नेपालको भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिदै छ ।

नेपाली सेना र भारतीय सेनाका प्रमुखलाई एक अर्काले मानार्थ महारथीको दर्जा दिने परम्परा रहेको छ ।

द्विदेवी प्रधानसेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा बुधबार काठमाडौं आएका थिए । नेपाल भ्रमणको क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।