बि.स.२०८० साल,माघ १० गते,बुधवार २४ जनवरी २०२४ । पौष शुक्लपक्ष चतुर्दशी तिथि । पुनर्वशु नक्षत्र । चन्द्रराशि मिथुन ।
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । तर सहयोगीहरूको साथ जुट्नाले रोकिएका काम सम्पादन गर्न सकिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । केही उपहार प्राप्त हुनेछन् ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मान–सम्मान पाइने समय छ । बोलीको भरमा चिताएको काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ । परिवारजनबाट टाढिनुपर्ला । श्रमअनुसार फाइदा कमै होला । ठूलो प्रयत्न गर्दा सामान्य उपलब्धि उठाउन सकिनेछ । लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदै हुनेछ । समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । यात्राको साइत पनि जुर्न सक्छ ।
सिंह –LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पछिका लागि केही वस्तु त्याग्नुपर्ला । लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ । तापनि संघर्षपछि लाभ उठाउन सकिनेछ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा दिलाउनेछ । विशिष्ट व्यक्तिहरू सहयोगीका रूपमा उपस्थित हुनेछन् । विशेष योजना बन्नेछन् । समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ ।
तुला –LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मेहनत गर्दा राम्रै फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले दिगो लाभ उठाउन सकिनेछ । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । काम बिग्रने भयले सताउनेछ । तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउन सफल भइनेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम सम्पादन गर्न सकिनेछ । अर्थ अभावले सताए पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् । स्वास्थ्य भने कमजोर रहनेछ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि मनग्य हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चापबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा मन रमाउनेछ । रमाइलो यात्रा हुनुका साथै अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्रोतसाधन जुटाउन केही खर्च र दौडधुप गर्नुपर्ला । पछिका लागि लगानी गर्नुपर्ने समय छ । काममा अरूको मुख ताक्नाले पछि परिनेछ । व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन् । आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ । आलोचकहरूलाई व्यवहारले समेट्नुपर्ला । प्रयत्न गर्दा विगतका कमजोरी सच्याउन सकिनेछ । सावधानीले पनि क्षतिबाट जोगाउनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
आँटेको काम बन्नेछ भने मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । अध्ययनको लगावले विशेष अवसर दिलाउन सक्छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन् भने नयाँ काम प्रारम्भ हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । सहयोगीहरूले पनि साथ दिनेछन् ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । काममा विभिन्न उल्झन आउनाले पछि परिनेछ । साझेदारीमा आन्तरिक प्रतिस्पर्धा बढ्न सक्छ । अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन् । ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले साथ दिनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने आस मारेको नतिजा सकारात्मक हुनेछ ।