जलेश्वर सर्राफ
बारा–नाबालिगलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
बाराको महागढीमाई नगरपालिका, वडा नं. २ बस्ने तीस वर्षीय आकाश मण्डललाई जबरजस्ती करणी गरेको आरोपमा शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा निजलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाही जिल्लाबाट झारफुख गर्न आएकी एक नाबालिगलाई झारफुखको बहानामा बलात्कार भएको खबर प्राप्त भई पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताए।
हाल पिडक आकाश मण्डललाई प्रहरीको हिरासतमा राखी आवश्यक अनुसन्धान भईरहेको छ।