काठमाडौं- गृह मन्त्रालयको तथ्याङ्क अनुसार एक बर्षमा नेपाली नागरिकता त्याग गर्नेको सङ्ख्या एक हजार ८६६ जना रहेको छ भने गैरआवासीय नागरिकता लिनेको सङ्ख्या दुई हजार ९४७ रहेको छ।
गत आर्थिक बर्षमा नागरिकता त्याग गर्नेको सङ्ख्या २३७ रहेको थियो। नेपाली नागरिकता त्याग नगरि बिदेशी नागरिकता लिएको अवस्थामा गैरआवासीय नागरिकता लिन नमिल्ने हुँदा नेपाली नागरिकता त्याग गर्नेको सङ्ख्यामा भारि बृद्धि भएको गृहमन्त्रालयका अधिकारीहरु बताउछन् । जिल्ला प्रशासन कार्यालयहरूबाट गैरआवासीय नेपाली नागरिकता लिनेहरू र नागरिकता त्याग गर्नेको सङ्ख्या अद्यावधिक भइरहने भएकाले यो सङ्ख्या अझै बढी हुन सक्ने अधिकारीहरु बताउछन्।
नेपालको संविधान २०७२ अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको थियो ।