पाठशाला न्यूज
 २०८३ वैशाख ११, शुक्रवार    

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर ब्यूरोको सोधपुछ

२०८० कार्तिक १९, आइतवार १९:५३ बजे

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको साइबर ब्यूरोले ‘सोधपुछ’ गरेको छ ।
भोटाहिटीस्थित ब्युरोको कार्यालयमा केही कुरा बुझ्नुपर्ने भएको हुनाले प्रसाईंलाई बोलाइएको ब्यूरोको एसपी पशुपति रायले बताए ।

उनले भने,‘उहाँ आउनुभएको थियो, हामीले आवश्यक सोधपुछ गरेका छौँ ।’
सामाजिक संजालमा प्रमाण बिना प्रसाईँले बोलेका विषयमा अनुसन्धान अधिकृतहरुले प्रसाईँसँग सोधपुछ गरेका हुन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘आवश्यक अनुसन्धानपछि उहाँ जानुभएको छ ।’ सामाजिक संजालमा तथ्यहीन कुरा बोलेको र समाजलाई भड्काउन खोजेको आरोपमा उनीविरुद्ध ब्यूरोमा उजुरी दर्ता भएको प्रहरीको भनाई छ ।