पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

एसइइमा धेरै बिद्यार्थी अनुतिर्ण भएकोले एआइको शिक्षामा उपयोग बारे ध्यान केन्द्रित भएको प्रधानमन्त्री ओलीको भनाइ

२०८१ कार्तिक ११, आइतवार १२:२५ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई एआइ एजुकेसनको हब कसरी बनाउन सकिन्छ भन्नेमा आफ्नो ध्यान रहेको बताएका छन्। 

एसइईमा धेरै विद्यार्थी अनुत्तिर्ण हुने क्रमबाट सुधार ल्याउनुछ । यस्ता क्षेत्रमा एआइको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआइ एजुकेशन हब कसरी बनाउन सकिन्छ भन्नेमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका हुन्।

युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइं)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्दै प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि एआइको उपयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

“विकासको तीर्खाबाट हामी ग्रस्त छौँ । त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ । हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ । यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ,” प्रधानमन्त्री ओलीले भने।

उनले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिए । विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागि पर्ने बताएका छन्।