पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको निधन

२०८१ पौष १५, सोमवार ०७:४८ बजे

काठमाडौं- अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा जर्जियास्थित आफ्नै घरमा निधन भएको छ। अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँचेका राष्ट्रपति कार्टर केही समयदेखि मेलानोमा नामक रोगबाट पीडित थिए।

अक्टोबर १, १९२४ मा जर्जियाको प्लेन्समा जन्मिएका कार्टर १९७७ देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाका ३९ औं राष्ट्रपति थिए। 

मेलानोमा छालाको क्यान्सरको एक प्रकार हो, जुन उनको कलेजो र मस्तिष्कमा फैलिएको थियो। २०२३ मा, उनले आफ्नो रोगको उपचार नगर्ने निर्णय गरेका थिए।

राष्ट्रपति पदबाट अलग भएपछि पनि कार्टरले समाजसेवाका क्षेत्रमा उल्लेखनीय योगदान दिए। उनले सन् १९८२ मा स्थापना गरेको ‘कार्टर सेन्टर’ मार्फत मानव अधिकार, शान्ति स्थापनाका प्रयास, चुनावी अनुगमन र रोग नियन्त्रणमा महत्त्वपूर्ण काम गरे।

युद्ध समाधान खोज्नेदेखि गरीबी उन्मूलनसम्मका विषयमा केन्द्रित कार्टर सेन्टरको कामले अन्तर्राष्ट्रिय समुदायमा ठूलो प्रशंसा पाएको छ।