पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

माओवादी संसदीय दलको बैठक जारी

२०८० माघ २२, सोमवार ०९:२७ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएको छ । 

सिंहदरवारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक जारी रहेको हो ।

सोमवार ४ बजे देखी सुरू हुने संसदीय दलको बैठक अघि दलको बैठक बोलाइएको हो । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदको बैठकमा पार्टीको प्रस्तुती र अडानका बारेमा दिशा निर्देश गरिरहेका छन् ।