पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

धेरैबर्ष पछि नेपाल निवास पुगे ओली

२०८० फाल्गुण २२, मङ्गलवार १९:०४ बजे

काठमाडौं-  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली धेरै बर्ष पछि माधवकुमार नेपालको निवासमा पुगेका छन् ।

नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल प्रचण्डको सरकार पुनर्गठन गरेको केही दिनमा एमाले अध्यक्ष ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका हुन्।

नेकपा बिभाजन भए पछि ओली नेपाल निवास पुगेका थिएनन् । नयाँ गठबन्धनमा सामेल हुनका लागि ओलीले नेपाललाइ आग्रह गरेका छन्।

साथमा, प्रधानमन्त्री प्रचण्ड र एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेल पनि नेपाल निवासमा पुगेका छन् ।