पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडे

२०८१ भाद्र २७, बिहीवार ०६:५४ बजे

बिराटनगर- कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन्।

सरकारले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पछि विराटनगर–६ निवासी निर्मला शर्माकी ४२ दिने शिशुको हातबाट जुस खाएर कार्कीले राति अनसन तोडेका हुन्।

कार्कीले उठाएका माग पूरा गर्ने विषयमा कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी बिच सहमति भएको छ। वार्ताका लागि अधिकारी अनसन स्थल पुगेका थिए।

यसअघि कार्कीले मंगलवारबाट कोशी प्रदेश सभा नजिकै देवकोटा चोकमा आमरण अनसन शुरु गरेका थिए।

कार्कीले आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनशन शुरु गरेका थिए ।