पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका ढुंगाना र चौधरी राष्ट्रियसभा सदस्यमा निर्वाचित

२०८० माघ ११, बिहीवार १८:५८ बजे

जनकपुर- मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

ढुंगानाले प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत पाएर अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार सहित निर्वाचित भएका हुन् । एमालेका बिजेता झाले २ हजार ४८४ मतभार पाए । उनलाई प्रदेशसभाका २५ र पालिका पदाधिकारीको ६१ मत परेको थियो।

महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७ हजार ९२३ मतभार पाएर जितिन् । उनलाई प्रदेशसभाका ७६ र पालिका पदाधिकारीहरुको २०५ मत परेको छ ।

एमालेकी उषा चौधरीले दुई हजार ४४६ मतभार पाइन् । उनलाई प्रदेशसभातर्फ २५ र पालिका पदाधिकारीतर्फ ५९ मत परेको थियो।