जलेश्वर सर्राफ
वीरगंज- ललितपुर प्रहरी परिसरमा लोसपा नेपालका उपाध्यक्ष जितेन्द्र सोनल र महासचिव सुरेन्द्र कुमार झा विरुद्धको किटानी जाहेरी प्रहरीले दर्ता नगरि फिर्ता पठाएको छ।
शुक्रवार लोसपाकै पुर्वनेता जयप्रकाश चौधरीले उनिहरु विरुद्ध जाहेरी दिएका थिए। उक्त जाहेरी ललितपुर प्रहरी परिशरले दर्ता गराउन नमानेपछि हुलाक मार्फत चौधरीले जाहेरी पठाईएका थिए।
सोनल र झाले रातिको समयमा आफ्नो घरमा आक्रमण गरी झ्यालको सिसा फुटाएको, आफुलाई र आफ्नो श्रीमतीलाई ताकेर ईट्टा ढुङ्गा प्रहार गरी ज्यान मार्ने प्रयास गरिएको उक्त जाहेरीमा उल्लेख गरिएकोछ।
नेता सोनल र झा ले मेरो घरमा आई मलाई अपहरण गर्ने प्रयास गरेको भन्दै यस अघिपनि चौधरीले जाहेरी दिएका थिए।
रत्नेश्वर प्रसाद शर्मा र निजकी श्रीमती कविता शर्मासँग आफुले लिनुपर्ने ९ करोड २३ लाख भन्दा बढी रकम लिनको लागी कानुनी प्रक्रिया अगाडी बढाउन खोज्दा उनिहरुले त्यसलाई रोक्न र अवरुद्घ पार्नको निमित पटकपटक मलाई फोन गरेर धाक धम्की दिने तथा ज्यान समेत मार्न खोजेका थिए भनि उक्त जाहेरीमा उल्लेख रहेको भनेर बताएका छन्।
प्रमाणको रूपमा उनले आफ्नो घरको झ्यालको सिसा फुटेको र ढुङ्गाले आफ्नो गाडीको सिसा समेत फुटेको सि.सि टिवि फुटेज र फोन मार्फत दिएको धम्किको कल रेकर्डिङ समेत उक्त जाहेरीमा समावेस गरी हुलाक मार्फत पठाएको चौधरीले बताएकाछन्।