पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो

२०८१ आश्विन १६, बुधवार २२:१९ बजे

काठमाडौं- जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौं स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ।

बुधवार राति सम्पन्न खेलमा काठमाडौंले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको हो ।

खेलको पहिलो सेट काठमाडौँले २५-२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५-१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौंले २५-२१ र चौथो सेट २५-१६ ले जितेको थियो।

योसँगै काठमाडौंले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । काठमाडौंको ३ खेलमा ६ अङ्क भएको छ । त्यस्तै गण्डकीले भने लगातार तेस्रो खेलमा हार व्यहोरेको छ ।