पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाद्वारा डिपोर्टिभो आल्भेज पराजित

२०८१ आश्विन २१, सोमवार ०८:५२ बजे

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई पराजित गरको छ।

गएराति सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए। लेवानडोस्कीले खेलको सातौं, २२औं र ३२औं मिनेटमा गोल गरेका थिए।

आल्भेजको ९ खेलमा १० अंक रहेको छ र लिगमा १३औं स्थानमा छ भने यो जितपछि बार्सिलोनाको ९ खेलमा २४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ।