पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित

२०८१ आश्विन १२, शनिवार १६:०२ बजे

काठमाडौं- नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ । 

शनिवार भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ४-२ गोल अन्तरले पराजित गरेको हो । 

यो जितपछि भारत प्रतियोगिताको फाइनलमा पुगेको छ भने नेपाल पराजित हुदै बाहिरिएको छ । आजै दोस्रो सेमिफाइनल साँझ ५: ४५ बजेदेखि  पाकिस्तान र बंगलादेशबीच हुदै छ ।