पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

लुम्बिनी बिकास बैंकद्वारा छात्रा विद्यालयलाई सहयोग हस्तान्तरण 

२०८१ पौष २९, सोमवार ११:२६ बजे

रौतहट- लुम्बिनी विकास बैँक लिमिटेड गौर शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहट जिल्ला राजपुर नगरपालिकाको बैरियामा अवस्थित जामिया जुबैरिया गर्ल्स स्कुलमा अध्ययनरत करिव ६०० छात्राहरुको स्वास्थ्यलाई ध्यानमा राखी सेनिटरी प्याड भेन्डिङ मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

बैंकले विद्यालयको वार्षिकोत्सब कार्यक्रमको अवसर पारेर उक्त सहयोग हस्तान्तरण गरेको थियो । बैंकको तर्फबाट शाखा प्रवन्धक सुबोध कोइरालाले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रियाजुल हकलाई उक्त सहयोग सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो। उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, विद्यालयका प्रधानध्यापक, समाज का बौधिक व्यक्तित्व, अभिभावक लगायत शिक्षक शिक्षिकाहरु विद्यालयमा अध्ययनरत छात्राहरु लगायत बैंकको सहायक शाखा प्रमुख प्रविण कुमार सिंहको सहभागिता रहेको थियो। 

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष  रियाजुल हकले  विद्यालयको आग्रहलाई सहर्ष स्वीकार गरि गरिएको  सहयोग प्रति आभर प्रकट गर्नु भयो । त्यस्तै विद्यालयको प्रध्यानाध्यापकले छात्राहरुको स्वास्थ्यलाई ख्यालमा राखी सेनीटरी प्याड भेन्डिङ मेसिन जडान गरेर सर्हानिय कार्य गरेको जस्ले गर्दा महिनावारीको समयमा छात्राहरुको अनुपस्थित हुने समस्या केही हद सम्म कम हुने कुरामा जोड दिँदै लुम्बिनी विकास बैङ्कलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै बैंकका शाखा प्रमुख सुबोध कोइरालाले बैंकले आर्थिक मात्र नभै सामाजिक कार्य पनि गर्छ भन्ने यो ज्वलन्त उदाहरण रहेको र आगामी दिनमा पनि यस्ता किसिमका सामाजिक कार्य गर्दै जाने कुरा बताउनु भयो । 

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरू तथा एउटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा ’ भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरूलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।