पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

पेरिस ओलम्पिक: नेपाली पौडीवाज शाहको राष्ट्रिय किर्तिमान

२०८१ श्रावण १५, मङ्गलवार १८:४० बजे

काठमाडौं- नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिसओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।

मंगलवार सम्पन्न खेलमा पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भएका थिए । योसँगै उनले नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्।

उनले गत फेब्रुअरीमा कताको दोहामा भएको विश्व च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । एलेक्सले वाइल्ड कार्डमार्फत् पेरिस ओलम्पिकमा पुगेका थिए ।